सांकेतिक तस्बिर

अपराध

मोटरसाइकल चोरेर फरार रहेका युवा पेस्तोलसहित पक्राउ

By खबरहब

December 15, 2022

काठमाडौं– मोटरसाइकल चोरेर फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका-३ राजपुरका २८ वर्षीय विन्दे दास पेस्तोलसहित पक्राउ परेका छन् ।

विवाह चलिरहेको स्थानबाट मोटरसाइकल चोरेर फरार रहेका दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीसँगै मोटरसाइकल चोरीमा संलग्न सोही स्थानका २८ वर्षीय सरोज यादव फरार रहेका छन् । हाल फरार सरोजको खोजीका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।