फाइल फोटो

अपराध

नौ लाख ५० हजार बराबरको सुनका गहना चोरी

By खबरहब

December 15, 2022

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका-२ घर भएका ३२ वर्षीय धिरजकुमार अरगरियाको डेराबाट नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो । घटनाबारे प्रहरीले आजैदेखि अनुसन्धान अगाडि बढाएर चोरीमा संलग्नको खोजी सुरु गरेको प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ ।