समाचार

प्रधान सेनापति शर्मा र इजरायली राजदूतबीच भेटवार्ता

By खबरहब

December 15, 2022

काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबेरगरबीच भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस्ता भेटले दुई देशबीचको सम्बन्ध मजबुत बन्ने सेनाको विश्वास छ ।