सांकेतिक तस्वीर

देश/प्रदेश

मिलको फितामा बेरिएर एक महिलाको मृत्यु

By खबरहब

December 15, 2022

काठमाडौं– धनुषामा धान कुट्ने मिलको फितामा बेरिएर एक जनाको ज्यान गएको छ ।

मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालोदेवी साहको धान कुट्ने मिलको फितामा बेरिएर मृत्यु भएको हो । 

धान कुटाउने क्रममा मिलको फितामा सारी र बर्को बेरिन गइ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हाल फरार धान कुट्ने मिलको व्यक्तिहरूको खोजी गरिरहेको छ ।