फाइल तस्वीर

राजनीति

अध्यादेशको विषयमा गगन थापाले दोहोरो चरित्र देखाए : अमनलाल मोदी

By खबरहब

December 15, 2022

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेर गगन थापाले दोहोरो चरित्र देखाएको बताएका छन् ।

थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको अध्यादेश प्रमाणीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा मोदीले टिकापुर पुगेर थारुलाई अन्याय पर्यो विद्रोेह भयो भनेर थापाले यसअघि बोलेको तर अहिले अध्यादेशको बिरोध गरेर दोहोरो चरित्र देखाएको बताए ।

पाउने बेला राम्रोसंग व्याख्या गर्ने र दिनुपर्ने बेला अपराधिकरणको व्याख्या भइरहेको उनको भनाइ छ । थारु लगाएत उत्पीडीत बर्गहरु अन्यामा परेको भन्दै राज्यले अध्यादेश ल्याउदा विरोध हुनु दुखद भएको उनाले बताए । मोदीले यसअघि एमाले सरकारले ल्याएको कुनै पनि अध्यादेश राष्ट्रपति कार्यालयबाट तुरुन्तै प्रमाणीकरण भएपनि अहिले सरकारले अघि सारेको अध्यादेश प्रमाणीकरण नहुनुले राजनीतिक रंग हावी भएको देखिएको तर्क गरे । मोदीले अहिले टिकापुरको घटना मात्रै नभएर देशैभरी उठेको माग मुद्धालाई सम्बोधन गराउने प्रयास जारी रहने जिकिर गरे ।