फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा २४ घण्टामा २ लाख ६९ हजार कोरोना संक्रमित थपिए

By खबरहब

January 16, 2022

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार ९९९ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा एक लाख २८ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् भने ३१४ संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७१ लाख १९ हजार ९६१ पुगेको छ । तीमध्ये ३ करोड ५० लाख ७६ हजार २५६ निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८६ हजार ९४ जनाको मृत्यु भइसकेको छ ।

अहिले त्यहाँ सकृय संक्रमितको संख्या १५ लाख ५७ हजार ६११ पुगेको छ ।