खेलकुद

अफ्रिका कप अफ नेसन्स : इजिप्ट र नाईजेरिया विजयी

By खबरहब

January 16, 2022

काठमाडौँ – अफ्रिका कप अफ नेसन्समा नाईजेरियाले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सुडानलाई ३–१ अन्तरले पराजित गर्दै दोस्रो निकालेको हो ।

जितसँगै समूह ‘डी’ मा नाईजेरिया शीर्षस्थानमा रहेको छ ।

अर्को खेलमा मोहम्मद सलाहको निर्णायक गोलमा इजिप्टले गिनीलाई १–० ले पराजित गर्‍यो । जितसँगै इजिप्ट दोस्रो स्थानमा उक्लिएको छ ।

समूह डी मा नाईजेरिया सत प्रतिशत जितसहित ६ अंक बनाएर शीर्षस्थानमा छ । २ खेलबाट ३ अंक बनाएको इजिप्ट दोस्रो स्थानमा रहँदा समान १ अंकका गिनी र सुडान क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।