फाइल फोटो

खेलकुद

एम्बाप्पेको गोल, पीएसजीलाई ११ अंकको अग्रता

By खबरहब

January 16, 2022

काठमाडौँ – युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा स्टेड ब्रेस्टलाई २–० ले पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा केलियन एम्बाप्पे र थिलो केहरेरको गोलसँगै १५औं जित निकालेको पीएसजीलले शीर्षस्थानमा ११ अंकको अग्रता बनायो।

खेलको ३२औं मिनेटमा विजनाल्डुमको पासमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । ५३औं मिनेटमा थिलोले नुनो मेन्डिसको पास सदुपयोग गर्दै २–० को सहज जित दिलाए । खेलमा पीएसजीका स्टार खेलाडी लियोनल मेस्सी र नेयमार भने खेलेका थिएनन् ।

जितसँगै पीएसजीले २१ खेलबाट ५० अंक बनाएको छ । ब्रेष्टको भने समान खेलबाट २५ अंक रहेको छ र १३ औं स्थानमा छ ।