खेलकुद

युभेन्ट्स र लाजियोको सहज जित

By खबरहब

January 16, 2022

काठमाडौँ – इटालीयन सिरी ए क्लब युभेन्ट्सले शनिबार राति भएको खेलमा सहज जित निकालेको छ । घरेलु मैदानमा १२औं जित निकाल्ने क्रममा युभेन्ट्सले उडिनेसलाई २–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्यो ।

अर्जेन्टिनी स्टार समेत रहेका पाउलो डिबलाको गोलमा युभेन्ट्सले खेलको १९ औं मिनेटमा अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ७९ मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै २–० को सहज जित दिलाए ।

जितसँगै २२ खेलबाट युभेन्ट्सले ४१ अंक जोडेको छ र पाचौ स्थानमा छ । यता, पराजित उडिनेस २० खेलबाट २० अंक सहित १४ औं स्थानमा छ ।

अर्को खेलमा सेलेरनिटानालाई ३–० ले पराजित गर्दै लाजियो छैटौं स्थानमा रह्यो । यस्तै टोरिनोले साम्पडोरियालाई २–१ अन्तरले पराजित गर्यो।

सिरी ए मा २० खेल खेलेको इन्टर मिलान ४९ अंक सहित शीर्षस्थानमा रहेको छ ।