क्रिकेट

पीएम कपमा आज दुई खेल हुने, शनिबार स्थगित खेल सोमबार

By खबरहब

January 16, 2022

काठमाडौँ – काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुनेछ ।

प्रदेश एक र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।

शनिबार तय भएको नेपाल पुलिस र प्रदेश एकको खेलमा कोरोना संक्रमण भएपछि खेल स्थगित गरिएको थियो ।

‘प्रदेश एकको खेलाडीहरुको कोभिड परिक्षण गर्दा एक खेलाडीको मात्र पोजिटिभ रिपोर्ट आएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।

समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ । स्थगित खेल भोलि (सोमबार) हुने बताइएको छ।