फाइल फोटो

खेलकुद

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

By खबरहब

January 16, 2022

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

लिगको नवौं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ ।

८ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको ब्रिगेड मछिन्द्रलाई स्तब्ध बनाएर अंक तालिका सुधार्न चाहन्छ । मछिन्द्र भने ब्रिगेडलाई हराएर शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउन चाहन्छ ।

दोस्रो खेलमा बेलुकी पौने ५ बजे नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको पुलिस पनि च्यासललाई हराएर अंक तालिका सुधार्न चाहन्छ ।

८ खेलमा ५ अंक जोडेर १३ औं दोस्रो स्थानमा रहेको च्यासल पुलिसलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।