रोचक/विचित्र संसार

जब बिजुलीको तारमा अल्झेको पंक्षी बचाउन हेलिकप्टर आयो (भिडियोसहित)

By खबरहब

January 16, 2022

अहिलेको समयमा इन्टरनेट एक यस्तो माध्यम हो जसले जानकारी वा रमाइलो मात्र प्रदान गर्दैन कहिलेकाहीँ धेरै कुरा सिकाउँछ पनि । मानवता सिकाउने यस्तै एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भाइरल भिडियोमा एक व्यक्तिले आफ्नो ज्यानलाई जोखिममा पार्दै एक पंक्षीको उद्धार गरेको देखिन्छ । भिडियोमा ती व्यक्तिले गरेको उद्धारलाई धेरैले प्रशंसा गरेका छन् । ती व्यक्तिले बिजुलीको तारमा अल्झिएको एक पंक्षीलाई उद्धार गरेको देखिन्छ । यदि समयमा उद्धार नभएको भए सो पंक्षीको ज्यान समेत जान सक्थ्यो ।

बिजुलीको तारमा पखेटा अल्झिएर एउटा चरा निकै बेरदेखि फट्पट्टाइरहेको हुन्छ । सम्भवत उसलाई करेन्ट समेत लागेको हुनसक्छ ।

यसैबीच एक हेलिकप्टर त्यहाँ आउँछ र त्यसमा रहेका एक व्यक्तिले हेलीकप्टरको स्टैण्डमा बसेर पंक्षीको प्राण बचाउँछन् ।

 

Kindness makes the world a better place to live 💕 pic.twitter.com/kiwiZag0TE

— Susanta Nanda IFS (@susantananda3) December 8, 2021