फाइल तस्वीर

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ६ महिनापछि पुनः सुरु भयो एटीएम सेवा

By खबरहब

January 16, 2022

काबुल अफगानिस्तानमा तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि पहिलो पटक एटीएम सञ्चालनमा आएका छन् । कमर्सियल बैंक र युनियन बैंकहरुसँगको छलफलपछि एटीएम सञ्चालनमा आएको बताइएको छ। तर, व्यक्तिले एटीएमबाट बढीमा कति रुपैयाँ निकाल्न सक्छन् भन्ने बारेमा केही खुलाइएको छैन् । यसअघि एक जना मानिसले बढीमा प्रति सातामा २०० डलर झिक्न पाउँथे ।

अर्थतन्त्रलाई स्थिर पार्ने प्रयास स्वरुप तालिवानले यसै साता पहिलो पटक आफ्नो बजेट सार्वजनिक गरेको थियो । सरकारले सन् २०२२ को प्रथम चौमासिकका लागि बुधबार ५० करोड ८० लाख डलरको बजेट सार्वजनिक गरेको थियो । सरकारले यातायात, उर्जालगायत विकास परियोजनामा खर्च गर्ने योजना बनाएको छ ।

बजेट सार्वजनिकसँगै महिनौंदेखि तलब नपाएका सरकारी र महिला कर्मचारीलाई भुक्तानी दिन सुरु गरिने तालिवानले जनाएको छ । एजेन्सी