समाचार

सुन र चाँदीको कारोबार कतिमा भइरहेको छ?

By खबरहब

January 16, 2022

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसैगरी, तेजावी सुन तोलाको ९१ हजार ‍९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।