अन्तर्राष्ट्रिय

ट्वीटरले बन्द गर्‍यो इरानका सर्वोच्च नेता खामेनीको ट्वीटर एकाउन्ट

By खबरहब

January 16, 2022

काठमाडौं– इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्वीटर खाता ट्वीटरले बन्द गरेको छ ।

खोमेनीले एक एनिमेटेड भिडियो ट्वीट गरेका थिए । उक्त भिडियो अपलोडपछि ट्वीटरले उनको खाता बन्द गरिदिएको हो ।

एनिमेटेड भिडियोमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिएको देखाइएको छ ।

ट्रप राष्ट्रपति हुँदा राजधानी बग्दादमा ड्रोन हमलामा परेर इरानका तत्कालीन कमान्डर जनरम कासिम सुलेमानीको हत्या गरिएको थियो ।

यसअघि ट्वीटरले पूर्वराष्ट्रपति ट्रम्पबारे एक एनिमेटेड भिडियो सार्वजनिक गरेका थिए । जुन एनिमेटेड भिडियोमा एक रोबोटको माध्यमबाट ट्रम्पको हत्या गर्ने प्रयास गरिन्छ ।

ट्वीटरमा खामेनीको वेबसाइटमा लिंक गरिएको खाता पूर्ण रुपमा बन्द गरिए पनि अरु खाताहरू भने छन् ।