राजनीति

काबुल पुगेर नेपालले अफगानिस्तानलाई गर्‍यो सहायता सामग्री हस्तान्तरण

By खबरहब

January 16, 2022

काठमाडौं– नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ ।

आज (आइतवार) परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले काबुल पुगेर संयुक्त राष्ट्र संघका महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई सहायता सामग्री हस्तान्तरण गरेकी हुन् ।

सहायता सामग्री बोकेर नेपाली टोली आज बिहान हिमाल एअरलाइन्समार्फत काबुल विमानस्थल प्रस्थान गरेको थियो । नेपाली टोलीले ९ हजार ७ सय १५ किलो खाना तथा लत्ताकपडा लगेर अफगानिस्तान प्रस्थान गरेको थियो ।

परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लम्सालको टिमलाई विदाइ गरेका थिए । उक्त टिममा २६ जना रहेका छन् । उनीहरू आजै स्वदेश फर्किने कार्यक्रम छ ।