फाइल फोटो

मुख्य समाचार

साना दलको बन्द आह्वान रोक्न गृह मन्त्रालयको निर्देशन

By खबरहब

February 16, 2022

काठमाडौँ– विभिन्न ६ वटा राजनीतिक दलले फागुन नेपाल बन्द आह्वान गरेपछि गृहमन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

मन्त्रालयले मंगलबार साझँ विज्ञप्ति जारी गर्दे सबै जिल्ला प्रशासन कार्यलयलाई शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको हो ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका छन् ।

सरकारले नागरिकको अधिकार हनन गर्ने र गैरकानुनी काम गर्नेविरुद्ध सुरक्षा निकायलाई चनाखो हुन निर्देशन दिएको हो ।