ज्याेतिष

जीवनमा कहिल्यै ऋण नलिए पनि मानिस यी ५ ऋणको ऋणी हुन्छ

By खबरहब

February 16, 2022

हुन त मानिस ऋण वा कर्जा लिनबाट बच्नु पर्दछ । तर शास्त्र अनुसार मानिस जन्मँदै पाँच प्रकारका ऋणी हुन्छ । यो ऋणमा, मातृ ऋण, पितृ ऋण, देव ऋण, ऋषि ऋण र मनुष्य ऋण पर्दछन् । मानिसले यी ऋण तिर्न नसके दुःख र सन्ताप झेल्नु पर्ने धार्मिक मान्यता छ ।

मातृ ऋण शास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । तसर्थ आमाको ऋण सबैभन्दा ठुलो मानिन्छ । मातृ ऋणमा आमा र मातृ पक्षका हजुरबुवा हजुरआमा, मामा माइजू, सानीमा सानो बुवा र यसतर्फका तीन पीढीका पूर्वज सामिल रहन्छन् । तसर्थ मातृ पक्ष वा आमा प्रति कुनै प्रकारका अपशब्द बोल्ने वा कष्ट दिने व्यक्तिले अनेक प्रकारका कष्ट झेल्नु पर्ने मान्यता छ ।

पितृ ऋण पितृ ऋणमा पितृ–पक्षका हजुरबुवा हजुरआमा, काका ठुलो बुवाहरु र तीन पीढी पूर्वक सामिल हुन्छन् । शास्त्र अनुसार पितृ भक्त बन्नु हरेक मानिसको परम कर्तव्य हो । यस धर्मको पालना नगरे पितृ दोष लाग्दछ । यस दोषका प्रभावले जीवनमा दरिद्रता, संतानहीनता, आर्थिक अभाव र शारीरिक कष्टको सामना गर्नुपर्ने हुन्छ ।

देव ऋण माता–पिताको आशीर्वाद पछि देवता प्रमुख मानिन्छन् । देवतामा पनि गणेश प्रथम पूज्य मानिन्छन् । तसर्थ हाम्रा पूर्वज पनि कुनै पनि मांगलिक कार्य गर्नु पूर्व कुलदेवी वा देवताको पूजा गर्दछन् । यस नियमको पालन न गरे देवी–देवताको श्राप लाग्ने मान्यता छ ।

ऋषि ऋण मनुष्यको गोत्र कुनै न कुनै ऋषिसँग जोडिएको हुन्छ । गोत्रमा सम्बन्धित ऋषिको नाम जोडिन्छ । तसर्थ पूजापाठमा ऋषि तर्पणको विधान छ । ऋषि तर्पण नगर्नेलाई ऋषि ऋण लाग्ने मान्यता छ ।

मनुष्य ऋण माता पिताका अलावा मानिस समाजका सबै मानिसलाई प्रेम र उदारता देखाउनु पर्ने मान्यता छ । यस अलावा जुन पशुको दूध पिउँछ, त्यसको पनि ऋण तिर्नुपर्ने मान्यता छ । साथै पशुपक्षीले गरेका प्रत्यक्ष अप्रत्यक्ष मद्दतको पनि ऋण तिर्नुपर्ने मान्यता छ । मनुष्य ऋण कै कारण राजा दशरथको परिवारले कष्ट झेल्नु परेको धार्मिक कथा छ ।