फाइल फोटो ।

मुख्य समाचार

संसदमा एमसीसी टेबलको बहस : कार्यव्यवस्था समिति बैठक बस्दै

By खबरहब

February 16, 2022

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहानका लागि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन्।

प्रतिनिधिसभाको बैठक बस्नु अघि बैठकको कार्यसूचीमाथि छलफल गर्न सभामुख सापकोटाले बैठक आह्वान गरेका हुन्।

बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा प्रतिवेदन र तीन वटा शोक प्रस्ताव समेटिएका छन्।

सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस भने अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी टेबल गर्ने तयारीमा छ। काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी संसदमा टेबल गर्ने निर्णय गरिसकेको छ।

यही विषयमा छलफल गर्न बैठक अघि सभामुख सापकोटाले प्रधानमन्त्रीको आग्रहमा कार्यव्यवस्था समिति बैठक बोलाएका हुन्।