रोचक/विचित्र संसार

५० अन्तर्वार्तामा असफल युवतीले पाइन् गुगलमा करोडको जागिर

By खबरहब

February 16, 2022

भनाई नै छ, लगातार कोसिस गर्नेको कहिल्यै हार हुँदैन । यसै कथनलाई भारत विहारकी २४ वर्षीया एक युवती साबित गरेकी छन् ।

विहारकी संप्रीति यादव केही वर्षयता जागिरको खोजीमा थिइन् । उनले लगातार ५० अन्तर्वार्ता दिइन् तर सफल भइनन्। लगातारको असफलता पछि पनि संप्रीतिले हार मानिनन् । फलतः आज उनीसँग चार वटा कम्पनीका अफर आए ।

लगातारको मेहनतका कारण संप्रीतिलाई गुगलले समेत भारु १ करोड १० लाखको वार्षिक तलबको अफर गर्‍यो । यसलाई संप्रीतिले स्वीकार गरेकी छन् । संप्रीतिको यस सफलताले उनको परिवारमा खुसीको लहर छाएको छ ।

संप्रीतिले १४ फेब्रुअरीबाट गुगलमा काम थालेकी छन् । उनले दिल्ली टेक्नोलजिकल यूनिभर्सिटीबाट कम्प्यूटर साइन्समा बीटेक डिग्री हासिल गरेकी छन् । गुगलमा काम पाउन उनले निकै संघर्ष गरेकी थिइन् । गुगलको ९ चरणको अन्तर्वार्तामा उनी लगातार सफल भएकी थिइन् । संप्रीतिलाई गुगलसँगै माइक्रोसफ्टले समेत जागिर अफर गरेको थियो ।