फाइल फोटो

राजनीति

एमसीसीका विरोधी र समर्थक एउटै सरकारमा बस्न मिल्दैन : बाबुराम

By खबरहब

February 16, 2022

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान परियोजना (एमसीसी) विरोधी र समर्थक एउटै सरकारमा बस्न नमिल्ने बताएका छन् ।

अहिले पाँच दलिय गठबन्धनको सरकार छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा रहेकामध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले विरोध प्रदर्शन गर्ने भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले ट्वीट गरेका छन्-‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन, एउटै सरकारमा बस्न मिल्दैन ।’

‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन। भेडा, भेडासँग बाख्रा, बाख्रासँग हुनु राम्रो,’ उनले भनेका छन् ।