फाइल फोटो

राजनीति

संसद् भवन प्रवेशमा कडाइ, बन्दकर्ता प्रहरी नियन्त्रणमा 

By खबरहब

February 16, 2022

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध सत्तासीन दलकै जनवर्गीय संगठन आन्दोलनमा उत्रिएपछि सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।

स्थानीय प्रशासनले नयाँ बानेश्वरस्थित संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको हो । संसद् भवन प्रवेश गर्नेलाई पनि कडाइका साथ चेकजाँच गरिने बताइएको छ।

सत्तासीन दलका जन वर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका साना दल तथा अन्य समूहले संसद् भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद् भवन केन्द्रित सुरक्षा व्यवस्था अपनाएको हो । उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थित छ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएको बताएका छन् ।  बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिने क्रम जारी रहेको उनले जानकारी दिएका छन्।

सभामुख अग्नि सापकोटाले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। त्यसपछि दिउँसो १ बजे संसद् बैठक बस्नेछ ।