फाइल फोटो

मुख्य समाचार

एमसीसीबारे अन्तिम निर्णय लिन माओवादी केन्द्रको बैठक सुरु

By खबरहब

February 16, 2022

काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी) केन्द्र संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक भर्खरै सुरु भएको हो ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक आह्वान भएको छ । सरकारले संसदमा एमसिसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।

माओवादीका जनवर्गीय संगठन अहिलेको अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दोलनमा छन् । सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइसकेका छन् ।