फाइल तस्वीर

राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमसीसीबारे छलफल

By खबरहब

February 16, 2022

काठमाडौँ – संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको बैठकमा प्रतिनिधिसभाको बैठकको एजेन्डा तय गर्नेसँगै संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने भएपछि दलहरू विभाजित भएका छन् । एमसीसी प्रस्ताव पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन तोड्ने निर्णय गरिसकेको छ ।