ब्रेकिङ स्टोरी

कार्यव्यवस्था समितिले तत्काल एमसीसी अनुमोदन प्रस्ताव अघि नबढाउने

By खबरहब

February 16, 2022

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ ।

एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो ।

तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ ।