ब्रेकिङ स्टोरी

संसदको आगामी बैठक फागुन ६ मा

By खबरहब

February 16, 2022

काठमाडौं– प्रतिनिधिसभाको आगामी बैठक फागुन ६ मा बस्ने गरी बुधबारको बैठक स्थगित भएको छ । नयाँवानेश्वरस्थित संसद भवनमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो ।

बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी गराएका थिए ।

बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।