अपराध

बलात्कार आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

By खबरहब

February 16, 2022

काठमाडौँ– बलात्कारको आरोप लागेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

जुम्लाकी ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन ।

सोही मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।

सांसद्विरूद्ध पक्राउ पुर्जी जारी भए त्यसबारे सदनमा जानकारी दिनुपर्ने प्रावधान छ ।

सो प्रावधान बमोजिम सभामुख तथा सदनलाई समेत जानकारी दिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए।

पूर्वमन्त्री समेत रहेका बानियाँले आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए । उनले ती महिलाले आफूलाई पैसाको बार्गेनिङ गरेर मुद्दा लगाई फसाउने खोजेको आरोप लगाएका थिए।