अपराध

कीर्ते र बैकिङ कसूरमा एक जना पक्राउ

By खबरहब

February 16, 2022

काठमाडौँ– लिखत कीर्ते र बैंकिङ कसूरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले दोलखा बिगु गाउँपालिका–३ का ३८ वर्षीय मोहनबहादुर तामाङलाई सोमवार बौद्धबाट पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला अदालतबाट पुस १२ गते पक्राउ पुर्जी जारी भएको थियो । उनलाई उच्च अदालत पाटनले २०७६ चैत ४ गते बैकिङ् कसूरमा फरार प्रतिवादी तोकेको थियो ।

जिल्ला अदालत काठमाडौँका कीर्तेमा निलम्बन भएका २ जना कर्मचारीसँग मिलोमतो गरेको महाशाखा जनाएको छ ।