सांकेतिक तस्बिर

१८२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

February 16, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १५६ कोरोना संक्रमितको आईसीयूमा र २६ को भेन्टिलेटरमा गरी कुल १८२ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेस प्रदेश मा ४ जना आईसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा ११६ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ५ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ९ जना आईसीयूमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र सुदुरपश्चिममा ७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।