राजनीति

एमसीसीको विरोधमा खोटाङमा प्रदर्शन

By खबरहब

February 16, 2022

खोटाङ– खोटाङमा एमसीसीको विरोधमा प्रदर्शन भएको छ ।

बुधबार एमसीसी सम्झौताविरुद्ध खोटाङमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकट युवा तथा विद्यार्थी संगठनहरूले विरोध जुलुस प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णयविरुद्ध वाइसीएल नेपाल, युवा संघ नेपाल, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले दिक्तेल बजारमा संयुक्त रूपमा विरोध जुलुस निकालेका छन् ।

जुलुस किरात चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अनेरास्ववियुका केन्द्रीय सचिव शम्भु घिमिरे र वाइसीएल नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मिलनचन्द्र राईले सम्बोधन गरेका थिए ।