फाइल फोटो

राजनीति

बागमती प्रदेशः प्रदेशसभा फागुन १६ गते बस्ने

By खबरहब

February 16, 2022

हेटौँडा– बागमती प्रदेशसभा बैठक फागुन १६ गते बस्ने भएको छ । बुधबार सभामुख सानुकुमार श्रेष्ठले आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा १६ फागुनमा राख्ने सहमति जुटेको हो ।

प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको छ ।

प्रदेशसभाको बैठक पुस ८ गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बस्न सकेको छैन ।