मुख्य समाचार

नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने

By खबरहब

February 16, 2022

काठमाडौँ– सरकारले नयाँ शैक्षिक सत्रको अध्ययन अध्यापन जेठ १ गतेबाट गर्ने जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को तेश्रो लहरका कारण अध्ययन अध्यापन प्रभावित बनेपछि सरकारले नयाँ शैक्षिक सत्र विलम्ब गरी सुरु गर्ने निर्णयमा पुगेको हो ।

चैतभित्र पढाई पूरा गर्ने, वैशाखमा परीक्षा सम्पन्न गर्ने र जेठदेखि नयाँ कक्षा सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए ।