फाइल फोटो

मुख्य समाचार

स्थानीय चुनावका लागि आयोगद्वारा दल दर्ता आह्वान

By खबरहब

February 16, 2022

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि दल दर्ता आह्वान गरेको छ ।

आयोगले २०७९ वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा सहभागिताका लागि राजनीतिक पार्टीहरूलाई दल दर्ता गराउन आह्वान गरेको हो ।

फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।