रोचक/विचित्र संसार

क्यानडामा जन्मियो अनौठो कुकुर

By खबरहब

March 16, 2022

सामान्यता कुकुर, कालो, सेतो, खैरो वा रातो रंगका हुन्छन् तर क्यानडामा भने एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ ।

एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो । तर ती सबै छाउरा हरियो रङका छन् । नयाँ जन्मेका छाउरा छाउरीको रौं हरियो रंगको छ । फ्रेया नामक कुकुरले पाएका बच्चाको रौं हरियो पाइएको हो ।

हरियो रंगको कुकुर दुर्लभ मानिन्छ । गर्भमा रहेको समयमा पित्तबाट हरियो रंगको सम्पर्कमा आएको कारणले नयाँ जन्मिएको छाउरो पनि हरियो भएको चिकित्सकको अनुमान छ ।