अन्तर्राष्ट्रिय

रुस युक्रेन युद्ध : किएभमा ३५ घण्टाका लागि कर्फ्यु

By खबरहब

March 16, 2022

एजेन्सी – रुस र युक्रेन युद्ध चर्किदै जाँदा किएभमा ३५ घण्टाका लागि कर्फ्युको घोषणा भएको छ । रुसले युक्रेनमाथि आक्रमण थालेको २० औँ दिन पुग्दा युक्रेनको राजधानी किएभमा कर्फ्यु लागेको हो ।

किएभका मेयर भिटाली क्लित्स्कोले बुधबार रातिबाट बिहीबार बिहानसम्म ३५ घण्टाका लागि कर्फ्यु घोषणा गरेका हुन् ।

उनले अहिले किएभले खतरनाक र कठिन क्षणको सामना गरिरहेको पनि बताएका छन्। बीबीसीका अनुसार मङ्गलवार बिहान आवासीय भवनहरूमा रुसी हवाई हमला हुँदा चारजनाको ज्यान गएको थियो ।

राजधानीबासीलाई कर्फ्युका बेला घरमै वा बमबारीबाट जोगिनका लागि बनाइएका आश्रयस्थलमा बस्न भनिएको छ ।