ज्याेतिष

सपनामा कस्तो घोडा देखे के हुन्छ ?

By खबरहब

March 16, 2022

निदाएको बेला सपना देखिन्छ । सपनाले मिश्रित फल दिने धार्मिक विश्वास छ । सपनाको फल सामान्यतया केही दिन, हप्ता वा महिनापछि प्राप्त हुने मान्यता छ ।

राति ३ बजेदेखि सूर्योदय अगाडिसम्मको सपनाको फल केही दिनमा पाइने धार्मिक विश्वास छ । सपनामा मानिसले विभिन्न कुराहरू देख्छन्। यसमा जनावर पनि पर्दछ ।

सपनामा घोडा देख्दा के हुन्छ ? 

सपनामा एउटा मात्र घोडा देखे यसले उत्साह र उमङ्गले काम अघि बढ्ने सङ्केत गर्दछ । नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिने र काममा सफल हुने सङ्केत पनि मानिन्छ । यस्तै सपनामा घोडामा चढेको देखे शुभ सङ्केत मानिन्छ ।

यदि सपनामा धेरै घोडा एक साथ देखे भाग्यले साथ दिएर काम सम्पन्न हुने सङ्केत मानिन्छ । यसले व्यापार व्यवसाय र जागिरमा लाभ हुने मान्यता छ । तर विभिन्न श्रृगांर लगाएर सजाइएको घोडा देखे यसलाई हानीको सङ्केत मानिन्छ ।