फाइल फोटो

राजनीति

सरकारले संसद् अधिवेशन अन्त्य गरेको भोलिपल्टै एमालेले बोलायो बैठक

By खबरहब

March 16, 2022

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ससंदीय दलको बैठक आह्वान गरेको छ ।

सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् ।

पाँच दलीय गठबन्धनको सरकारले संसद् अधिवेशन अन्त्य गरेसँगै ४२ वटा विचाराधीन विधेयक अलपत्र परेका छन्।

एमालेले गत भदौ २३ देखि नै संसदमा नाराबाजी गर्दै आएको थियो।

एमालेले आजको बैठकमा सरकारको पछिल्लो कदमलगायतका विषयमा छलफल गर्नेछ।