तस्वीर- स्काई ग्रीस

अन्तर्राष्ट्रिय

‘युक्रेनीहरु शोकमग्न छन्’ – युक्रेनमा मारिएका पत्रकारको परिवारलाई जेलेन्स्कीको चिठी

By खबरहब

March 16, 2022

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका क्रममा मारिएका पत्रकारका परिवारप्रति समवेदना प्रकट गर्दै चिठी लेखेका छन् ।

उनले रेनोडको मृत्युप्रति उनको परिवारका साथै युक्रेनीहरु पनि शोकमा डुबेको उल्लेख गरेका छन् ।

रेनोडलाई ‘प्रतिभाशाली एवम् वीर पत्रकार’ भन्दै उनले दशौं लाख युक्रेनीहरुको मानवीय दुःख र पीडा उजागर गरेको पनि जेलेन्सकीले जनाएका छन् ।

आक्रामक मुलुकबाट युक्रेनीविरुद्ध भइरहेको ज्यादती र कठोरताका बारेमा विश्वलाई जानकारी दिन उनले अत्यन्त खतरनाक युद्धग्रस्त क्षेत्रको साहस र दृढतापूर्वक भ्रमण गरेको बताउँदै जेलेन्स्कीले उनको मृत्युप्रति पूरा युक्रेन नै शोकमग्न भएको बताए ।

तस्वीर- ट्विटर/जेलेन्स्की

युक्रेनको राजधानी किभबाहिर रहेको इरपिन शहरमा गत आइतबार मारिएका न्यु योर्क टाइम्सका पत्रकार ब्रेट रेनोडको परिवारलाई चिठी लेखेका हुन् ।

रुसी आक्रमणको सामना गरिरहेकाे युक्रेनमा मारिने रेनोड एकमात्र पत्रकार भने होइनन् । हालै युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजका दुइ पत्रकार मारिएकाे समाचार आएको छ ।