आर्थिक

विराटनगरमा वाणिज्य कार्यालयबाट आठ महिनामा ९८ लाख राजस्व सकंलन

By खबरहब

March 16, 2022

विराटनगर – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गएको आठ महिनामा ९८ लाख ४८ हजार राजस्व संकलन गरेको छ ।

यस अवधिमा कार्यालयले नयाँ फर्म दर्ता एक हजार २१९, नवीकरण एक हजार ५०६, संशोधन ७३३ र १७६ खारेजी गरेको कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको आठ महिनामा ८७ अनुगमनबाट २५ वटा फर्म कारबाहीमा परी १० लाख २७ हजार जरिवाना असुल गरेको प्रमुख पोखरेले बताए ।

यसैबीच आज विश्व उपभोक्ता दिवस अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कार्यक्रम पनि गरेको छ ।

कार्यालयले सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ता अधिकार’ प्रमुख नाराका साथ विश्व उपभोक्ता दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख पोखरेलले नागरिक शिक्षा, स्वच्छ व्यापारिक क्रियाकलापमा निजी क्षेत्रको सहयोग वृद्धि र नियामक निकायको निगरानी वृद्धि हुनेपर्ने तथा दरबन्दी अनुसारको कर्मचारी भएमा यस क्षेत्रमा थप सफलता मिल्ने बताएका थिए ।

उनले उजुरी र त्यसउपरको कार्यान्वयन बढ्दै गएको र पछिल्लो समय उजुरी सम्बन्धी विषयमा नै अनुगमन केन्द्रित भइरहेकाले यस क्षेत्रमा सुधारको सङ्केत देखिएको बताए ।