राजनीति

नागरिकता अध्यादेशविरुद्धको रिट खारेज गर्ने संवैधानिक इजलासको फैसला

By खबरहब

March 16, 2022

काठमाडौँ- सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध दायर भएको रिट खारेज गर्ने फैसला सुनाएको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उक्त रिट खारेज गर्ने फैसला गरेको हो।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयमा रोक लगाएको थियो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलगायतले उक्त अध्यादेश विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।