अन्तर्राष्ट्रिय

पञ्जावका मुख्यमन्त्री भगवन्त मानबाट सपथ

By खबरहब

March 16, 2022

भारत– भारतको पञ्जाव राज्यका नवनियुक्त मुख्यमन्त्री भगवन्त मानले सपथ लिएका छन् ।

आम आदमीका पार्टीका नेता मानले बुधबार खटकर गाउँमा भएको समारोहमा सपथ लिएका हुन् । उनले सपथ लिएको ठाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो ।

सपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललगायत उपस्थित थिए ।

सपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

समारोहमा सहभागी हुनेमध्ये अधिकतर पुरुष पहेँलो पगडी र महिला पहेँलो सलमा सजिएका थिए । ११७ सिट रहेको पन्जाव विधान सभामा आम आदमीले ९२ सिट ल्याएको थियो । सन् २०१७ को विधान सभामा ७७ सिट ल्याएको काँग्रेस १८ सिटमा खुम्चिएको छ ।