समाचार

थप ८२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

By खबरहब

March 16, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २१३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ४ हजार ५७४ जना सक्रिय संक्रमित रहेका छन्।