अपराध

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

By खबरहब

March 16, 2022

काठमाडौँ– बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौँको गोकर्णेश्वर–१२ मा बस्दै आएका काभ्रेपलाञ्चोक पनौती–१२ का ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरले २०७८ कात्तिक २८ गते कामीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै १८ लाख जरिवाना र पाँच दिन कैदको फैसला गरेको थियो ।

अदालतको फैसलासँगै फरार रहेका कामीलाई मंगलबार साँझ प्रहरीले गोकर्णेश्वरबाट पक्राउ गरेको हो । उनलाई बुधबार काठमाडौँ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।