मनोरञ्जन

आँचल र विज्ञानको ’शिर माथी शिरफूल’ सार्वजनिक (भिडियो सहित )

By खबरहब

March 16, 2022

काठमाडौं-  म्युजिक भिडियो ’शिर माथी शिरफूल’ सार्वजनिक गरिएको छ ।

शिरमाथी शिरफूलको गीतमा एसडी योगी र अस्मिता अधिकारीको आवज रहेको छ । उक्त गीतको  शब्द कृष्ण सुवेदीले दिएका छन् भने लय सिर्जना गायक योगीकै रहेको छ ।

छविलाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् । गीतको भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन् ।

भिडियोमा नायिका आँचल शर्मा र कलाकार विज्ञानलाई फिचर गरिएको छ । भिडियोमा सुनिल छेत्रीको कोरियोग्राफीको देख्न सकिन्छ । 

सार्वजनिक गीतलाई निर्देशक छविलालले मेहनत गरेर कलात्मक शैलीमा प्रस्तुत गरेको बताएका छन् । पछिल्लो समय आर्ट बक्स प्रोडक्सनले नयाँ कलाकार , गायक र सङ्गीतलाई प्रवर्द्धन गरिरहेको छ ।