समाचार

जनकपुरधाममा श्री मिथिला महोत्सव हुने

By खबरहब

March 16, 2022

जनकपुरधाम–  जनकपुरधाममा श्री मिथिलाका महोत्सव २०७८ हुने भएको छ ।

जनकपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा आइडिया पिक्सलले आगामी चैत २४ गतेदेखि सात दिवसीय महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हाे ।

बुधबार भएको पत्रकार सम्मेलनमा आइडिया पिक्सलले श्री मिथिला महोत्सवलाई भव्य बनाउन नेपाल र भारतका चर्चित कलाकारलाई सहभागी गराउने पनि जनाएको छ ।

पिक्सलका अध्यक्ष पवनराज जोशीले महोत्सवमा सातै दिन नेपाल, भारत तथा स्थानीय चर्चित कलाकार र गायकको प्रस्तुतिका साथै पहलमानी, अन्य झुला तामासासहित  कार्यक्रमहरू हुने जनाएका छन् ।

महोत्सवमा जनकपुरधामका ठूला, मझौला र साना उद्योगका उत्पादनहरूका स्टलहरू समेत राखिने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

धार्मिक पर्यटनको केन्द्र जनकपुरधाममा औद्योगिक विकास, बजारको प्रबर्द्धनका लागि समेत यस्ता गतिविधिहरू आवश्यक रहेकाले आफूहरू सक्दो सहयोग गर्न लागेको महासेठले बताए ।

नेपालसहित अन्य देशमा पटक पटक इभेन्टहरूको आयोजना गरिसकेका आइडिया पिक्सलले पहिलो पटक जनकपुरमा यस्तो कार्यक्रम गर्न लागेको हो ।