प्रतिकात्मक तस्वीर

समाचार

नेपाल र भारतका सुरक्षा अधिकारीले गरे सीमा क्षेत्रको निरीक्षण

By खबरहब

March 16, 2022

सुनसरी-  नेपाल र भारतका सुरक्षा अधिकारीले दुई देशको सीमा क्षेत्रको आज निरीक्षण गरेका  छन् ।

सुनसरीको तीन वटा स्थानीय तहसँग जोडिएको   नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा अधिकारीले निरीक्षण गरेका हुन् ।  

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको र निर्वाचन नजिकिँदै गएको बेलामा त्यसलाई मध्यनजर गर्दै भोक्राहानरसिंह, हरिनगर र बर्जु गाउँपालिकासँग जोडिएर रहेको नेपाल भारतको सीमा क्षेत्रको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

पूर्वतर्फको पहिलो पिलर नं १८२ देखि १९५ नम्बर सम्मको मूल तथा सहायक पिलरको निरीक्षण गरेको प्रजिअ यादवले जानकारी दिएका छन्।

स्थानीय तहको निर्वाचन, सीमाबाट हुने चोरी तस्करी, सीमास्तम्भका अवस्था, होली पर्वको बेलामा हुने मदिराको तस्करीलगायतका विषयमा जानकारी र नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रको निरीक्षण गरिएको प्रजिअ यादवले जानकारी दिए ।