फोटो फिचर

तस्बिरमा निकिता (फोटो फिचर)

By कुबेर डंगोल

April 16, 2022

काठमाडौँ– निकिता चाण्डकले सन् २०१७ मा ‘मिस नेपाल’ को उपाधि जितेपछि एकाएक चर्चित बनिन् ।

सानैदेखि मोडलिङ क्षेत्रमा आउने उनको सपनालाई मिस नेपालको प्लेटफर्मले काम गर्‍यो । मिस नेपाल भएपछि चर्चामा रहेकी निकिताले फिल्म ‘रानीमहल’ बाट फिल्म क्षेत्रमा डेब्यु गर्ने चर्चा भयो । तर, फिल्म पूरा नहुँदै निर्माण टिममा लफडा भएपछि बाँकी काम रोकियो । फिल्म पूर्ण हुन नसकेपछि निकिताको विश्वास पनि उड्यो । त्यसपछि उनले डेब्यु गरिन् फिल्म ‘साङ्लो’ बाट ।

विराज भट्टको निर्देशनमा बनेको ‘साङ्लो’ बाट फिल्मनगरीमा उदाएकी निकितालाई चर्चामा ल्याए ता पनि सफल भने बनाउन सकेन । फिल्मले ‘बक्स अफिस’ मा कमाल देखाउन नसक्दा उनको मेहनतको पनि चर्चा भएन ।

यद्यपि उनलाई फिल्ममा सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ । ५ फिट ६ इन्च अग्ली निकिताको जन्म ५ सेप्टेम्बर १९९५ मा भएको थियो । यिनै निकिताको फोटोशुट खबरहबका लागि फोटो पत्रकार कुवेर डंगोलले गरेका छन् ।