क्रिकेट

आईपीएल : कोलकत्तामाथि हैदरावादको जित

By खबरहब

April 16, 2022

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो।

सुरुमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो।

हैदरावादको जितमा राहुल त्रिपाठीले ७१ रनको अर्धशतकीय इनिङ खेले। एडिन मार्क्रमले ६८ रन बनाउँदा कप्तान केन विलियम्सन १७ रनमा आउट भए। कोलकत्ताका आन्द्रे रसेलले २ र प्याट कमिन्सले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन जोडेको थियो। उसका लागि नितिश रानाले ५४, आन्द्रे रसेलले ४९ रन बनाउँदा कप्तान श्रेयस आयरले २८ रन जोडे।

यो जितसँगै सातौं स्थानको हैदरावादले ५ खेलमा ६ अंक जोडेको छ। पराजित भएको कलकत्ताले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । उसले ६ खेलमा ६ अंक जोडेको छ। कोलकत्ता तालिकाको चौंथो स्थानमा छ।