खेलकुद

एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा

By खबरहब

April 16, 2022

काठमाडौं– एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा जिनोआलाई २-० गोल अन्तरले हराउँदै एसी मिलान शीर्ष स्थानमा उक्लिएको हो ।

जितसँगै मिलानले ३३ खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको भने ३२ खेलबाट ६९ अंक छ ।

मिलानको जितमा राफेल लिओ र जुनियर मेस्सीअसले एक-एक गोल गरे ।

खेलको ११ औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा जुनियरले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।

एसी मिलनसँग पराजित भएको जिनोआ भने ३३ खेलबाट २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।