फाइल फोटो

समाचार

मुटुको चालमा गडबढी देखिएपछि सत्यमोहन जोशी अस्पताल भर्ना

By खबरहब

April 16, 2022

काठमाडौंं – बुधबार छातिमा असजिलो महसुस भएपछि किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना भएका संस्कृतिविद सत्यमोहन जोशीको मुटुको चालमा गढबढी देखिएको छ ।

किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीलाई अहिले अस्पतालको डिलक्स सुइटमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

१०३ वर्ष पुगेका जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी भएको निर्देशक बज्राचार्यले बताए । स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको उनको भनाइ छ ।

जोशीले यसअघि २०७८ फागुनमा एक हप्ता किष्ट अस्पतालमै उपचार गराएका थिए । पछिल्लो तीन वर्षदेखि शताब्दी पुरुष जोशी किष्ट अस्पतालमा उपचार गराउँदै आएका छन् ।